जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको दोहनले गम्भीर चुनौती खडा गर्यो- राष्ट्रपति पौडेल
२०८३ जेठ २२ शुक्रवार
- राष्ट्रपति रामचन्द्र पौडेलले विश्व वातावरण दिवसको शुभकामना दिदै स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजङ्गल तथा जैविक विविधताको संरक्षण सबैको साझा अधिकार र दायित्व भएको बताएका छन् ।
काठमाण्डौ, २२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व वातावरण दिवसको शुभकामना दिदै स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजङ्गल तथा जैविक विविधताको संरक्षण सबैको साझा अधिकार र दायित्व भएको बताएका छन् ।
शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले प्रकृति र वातावरण मानव जीवनको आधार भएको उल्लेख गर्दै स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजङ्गल तथा जैविक विविधताको संरक्षण सबैको साझा अधिकार र दायित्व भएको बताएका हुन् ।
उनले संयुक्त राष्ट्र सङ्घको आह्वानअनुसार प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइँदै आएको स्मरण गर्दै यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने नारासहित दिवस मनाइँदै रहेको उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहनले विश्व समुदायसामु गम्भीर चुनौती खडा गरेको बताएका छन् । जलवायु परिवर्तन भविष्यको मात्र नभई वर्तमानको पनि समस्या बनेको उल्लेख गर्दै नेपालमा हिमाल पग्लिने, अनियमित वर्षा हुने, बाढीपहिरो बढ्ने तथा वातावरणीय असन्तुलनका असर देखिन थालेको बताउदै विकास र वातावरण एकअर्काका परिपूरक भएको उल्लेख गर्दै उनले प्रकृतिमैत्री जीवनशैली अपनाउन तथा वातावरण संरक्षणसम्बन्धी गतिविधि प्रवर्द्धन गर्न सबैलाई आह्वान गरेका छन् ।
उनले स्वच्छ ऊर्जाको प्रयोग, वृक्षारोपण, जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमता विकास तथा प्राकृतिक सम्पदाको संरक्षणमार्फत भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सकिने बताएका छन् ।
राष्ट्रपति पौडेलले वातावरण संरक्षण, हरित विकास र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि नागरिक समुदाय तथा सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै विश्व वातावरण दिवसले यस कार्यमा थप ऐक्यबद्धता र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
विशेष
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
जुन २४ मा ३९ वर्ष पुग्ने मेसीका लागि यो विश्वकप विशेष महत्वको हुन सक्छ । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिने मेसी सामु यसपटक विश्वकप इतिहासका थुप्रै कीर्तिमान तोड्ने अवसर छ ।